संघीय संसदको दुवै सदनको बैठक आज, सांसद गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने


६ भाद्र २०७९, सोमबार ०७:१९ मा प्रकाशित

काठमाडौँ संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ ।

आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची छ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here