प्रितम आचार्यलाई झापामा भव्य सम्मान


१ असार २०७६, आईतवार २३:१० मा प्रकाशित

जिटिभीबाट प्रसारित चर्चित रियालिटी शो ‘सारेगम लिटिल चाम्स २०१९’ मा सेकेन्ड रनर अप भएका सुनसरी इटहरीका बाल गायक प्रितम आचार्यलाई विर्तामोडमा सम्मान गरीएको छ ।

नेपाल सांस्कृतिक कला कर्मी संघ जिल्ला कार्यसमिति झापाको आयोजना तथा सरगम संगीतालय विर्तामोडको संयोजनमा आज आयोजना गरीएको एक कार्यक्रमका विच आचार्यलाई सम्मान गरीएको हो ।नेपाल सांस्कृतिक कला कर्मी संघका केन्द्रीय अध्यक्ष डिवी गुरुङ्गले दोसल्ला,प्रमाण पत्र र नगद १५ हजार रुपयाँले सम्मान गर्नु भएको हो ।

आचार्य भारत तथा नेपालबाट सहभागि करीब ७ लाख जनाबाट छनोट हुँदै सेकेन्ड रनर अप बन्न सफल भएका हुन् ।सरगम संगीतालयका सञ्चालक दिपक रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार देविभक्त श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रममा उनले  ‘सन्देश आति है’,‘तडप तडक के इस दिल’ र भक्तराज आचार्यको ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ गरी ३ वटा गीत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here