बिर्तामोड, रबिकिरण वान्तवा । फिल्म हल भित्र भरिभरौ दर्शकहरु छन् । फिल्म सिद्धियो तर पनि उहाँहरु हल बाहिरा निस्कन हतार गरिरहेका छैनन् । तीमध्ये केहि दर्शकहरु त आशु पुछिरहेका छन् । दर्शकहरुको ठिक अगाडी उभिएर केहि भनिरहेका छन् निर्देशक मिलन चाम्स र साथमा उभिरहका छन् निर्माता प्रेमकुमार श्रेष्ठ । यसरी नै उनी प्रतेक हल हलमा पुगेर दर्शकहरुको प्रतिक्रिया लिएको पनि २ साता पुरा गरेर तेस्रो सातामा लाग्दै छ ।

प्रसंग हो चलचित्र अञ्जिलाको । दर्शक प्रतिक्रिया लिन कहिले सानो छोरी काखमा बोकेर हल पुगिरहेका हुन्छन् त कहिले पोडकास्ट र डिजिटल प्लेटफमबाट चलचित्र अञ्जिलाको प्रचारप्रसार गर्नमा व्यस्त छन् यति बेला निर्देशक मिलन चाम्स । उनलाई साथ दिन चलचित्रका कलकारहरु मध्ये कहिले दयाहाङ र बिजय बराल त, कहिले बुद्धि तामाङ उनीसंगै हल पुगिरहेका हुन्छन् । यसै गरी गत साता मात्र लण्डनबाट कलकार सृजना सुब्बा ( चलचित्रमा अञ्जिलाकी आमा ) नेपाल आइपुगेकी थिइन् । उनी पनि दर्शकको प्रतिक्रिया लिन चाम्ससंगै हल हल पुगिरहेकी छिन् । चलचित्रका अन्य कलकारहरु पनि चाम्सलाई साथ दिन उनीसंगै हलसम्म पुगेर दर्शक प्रतिक्रिया भने लिइनै रहेका छन् ।

चलचित्र हेरेका दर्शकहरुले राम्रै प्रतिक्रिया दिइरहे ता पनि उनीहरुको चहाना थियो एक पटक एन्जिलालाई प्रत्यक्ष भेट्ने । निर्देशक चाम्स र निर्माता प्रेमकुमार श्रेष्ठको पनि चाहना थियो होला एन्जिला एक पटक भए पनि हल हल पुगेर दर्शकहरुसंग साक्षतकार गरोस भनेर । कारणवस एन्जिलाले ग्रीसको क्लबबाट समय निकाल्न सकिरहेका थिएनन् । जसको बाबजुत उनी नेपाल आउन ढिलाई भइरहेको थियो तर पनि उनले आफ्नो सामाजिक सञ्जाल मार्फत अञ्जिलाको प्रचारप्रसार गर्न भने भुलिनन् ।

अन्तत एन्जिला तुम्बापो सुब्बा आफ्नो बायोपिक चलचित्र अञ्जिलाको लागी शुक्रबार १० बजे बिहान ग्रीसबाट नेपाल आइपुगेकी छिन् । चारदिनको नेपाल बसाईमा उनले शुक्रबार र शनिबार उपत्यका भित्रका हलहरुमा पुगेर दर्शक प्रतिक्रिया लिने छिन् । एन्जिला आइतबार देखि पुर्वपश्चिमका हलहरुमा पुग्नेछिन् । पोखरा, हेटौडा, नेपालगञ्ज, बुटवल, धनगढी, दाङ, चितवन, बिराटनगर, धरान, इटहरी हुदै दमक र बिर्तामोडका फिल्म हलहरुमा पुगेर दर्शकहरुसंग अन्तरक्रिया गर्नेछिन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जिवनमा आइपरेका संघर्ष र उताप चडावहरुलाई समेट्दै निर्माण गरिएको चलचित्र अञ्जिला यतिबेला देशैभर सफल्ताका साथ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । चलचित्र अञ्जिला मार्च २९तारिख देखि अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज भइरहेकाे छ । अस्ट्रेलियामा रिलिजको टुङ्गो लगभग अन्तिम चरणमा रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताउनु भयो । साथै, बेलायतमा यस चलचित्रको उच्च माग रहेको र चाडै त्यहाँ प्रदर्शन गरिने जानकारी पनि गराउनु भयो ।
