झापाको बिर्तामोडमा मैझारो सांगीतिक कार्यक्रम हुँदै


२४ आश्विन २०८२, शुक्रबार १६:५८ मा प्रकाशित

रविकिरण वान्तावा । यहि असोज २५ गते शनिबारको दिन चलचित्र मैझारोको टिमले झापाको बिर्तामोडमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा गायक राजेशपायल राई र अनमोल गुरुङले आफ्नो साँगीतिक प्रस्तुती दिने छ भने हाँस्य कलाकार विल्सन बिक्रम राई ( तक्मे बुढा ) र स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीहरु रहने कार्यक्रमका संयोजक बिशाल लिम्बुले जानकारी गराउनु भयो ।


उक्त मैझारो साँगीतिक कार्यक्रम बिर्तामोडको मुक्तिचोक नजिकै रहेको वनस्टप महलको प्रांगणमा साझ ५ बजे देखि शुरु हुनेछ । चलचित्र मैझारोको प्रचारप्रसारको रुपमा आयोजना गरिएको उक्त साँगीतिक कार्यक्रम देशका अन्य शहरहरुमा पनि गरिने, संयोजक लिम्बु बताउनुभयो ।


चलचित्र मैझारो कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउदैछ । पुर्वी नेपालको रमणीय स्थानहरुमा छायाँकन गरिएको चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, शुनिल थापा, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, बिशाल लिम्बु, भुपेन्द्र लिङदेन, अनिल सुब्बा जस्ता कलाकारहरुको अभिनय रहेको छ ।


तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगित दिएका छन् । सौरभ लामाको छायाँकन रहेको मैझारोलाई कलाकार विल्सनबिक्रम राईले निर्देशन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here