काठमाण्डौ । सरकारले राष्ट्रियसभामा पेश गरेको गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउने भएको छ । विधेयकले धर्म सस्कृतिमाथि प्रहार गरेको भन्दै काठमाण्डौमा अहिले दैनिक विरोधका कार्यक्रमहरु भइरहेका छन् ।
नेवार समूदायले विधेयक गुठी हरण गर्ने गरी आएको भन्दै विधेयक फिर्ता नभए काठमाण्डौ उपत्यका नै ठप्प पार्ने चेतावनी दिएका छन् ।विधेयककोे चर्को विरोध भएपछि सरकारले त्यसलाई सच्याउन पहल थालेको छ ।साताव्यापी युरोप भ्रमणबाट आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक सच्याउने बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आवश्यक निर्णय लिन सक्रियता बढाउनुभएकाले साँझसम्ममा सकारात्मक परिणाम आउने सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले बताउनुभयो ।





