काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका समितिहरूलाई परिपत्र गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
काँग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनु पर्नेछ ।
बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिकको टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ ।
बैठकमा सिट बाँडफाँटको विषयमा एजेन्डा प्रवेश नै गरिएन ।
पदाधिकारी बैठकका निर्णयः






