काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।
पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जापान भ्रमण, आगामी निर्वाचनको तयारी र गठबन्धनबीच निर्वाचनको भागवण्डाको विषयमा छलफल भइरहेको बताइएको छ ।
सत्तारुढ गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल बनाइसकेको छ।
कार्यदलले समेत गृहकार्य थालेपछि माओवादी केन्द्रले पनि संघ तथा प्रदेशको सिट बाँडफाँटको मोडालिटीको विषयमा केन्द्रित भएर पार्टीभित्र आन्तरिक छलफल थालेको नेताहरूले बताएका छन् ।
आजै नेपाली कांग्रेसले पनि निर्वाचन केन्द्रित रहेर बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि जारी छ ।





