भ्रस्ट नेतालाई तह लगाउन स्वस्तिक छाप सही ठाउँमा लगाइदिनुस्ः राजेन्द्र लिङ्देन


२८ श्रावण २०७९, शनिबार १३:४५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउन लागेको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा विवेक पुर्याएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

देशमा लुटतन्त्र बढेकाले लुटतन्त्रलाई प्रोत्साहन दिने नेताहरूलाई विस्थापित एक पटकको स्वस्तिक छाप नै काफी हुने राप्रपा अध्यक्ष लिङ्देनले बताए ।

लिङ्देनले लोकतन्त्रको नाममा सीमित व्यक्तिले लुटतन्त्र मच्चाइएको बताए ।

राप्रपाको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकै कारण देशको सबै क्षेत्र अस्तव्यस्त भएको बताएका हुन् ।

उनले भने, ‘यी भ्रस्ट नेतालाई तह लगाउन अरु केही गर्नुपर्दैन । स्वस्तिक छाप सही ठाउँमा लगाइदिनुस्, पुग्छ । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here