चीन भ्रमण फलदायी रह्योः परराष्ट्रमन्त्री खड्का


२७ श्रावण २०७९, शुक्रबार ०७:४२ मा प्रकाशित

काठमाडौं । चीन भ्रमणबाट फर्किनु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीन दिने भ्रमण फलदायी भएको बताउनु भएको छ ।

चीनको भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको मन्त्री खड्काले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै उहाँले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण केही समयदेखि नेपालको तर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेका अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले यस किसिमको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन २४ देखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी गएराति स्वदेश फर्कनु भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here