झापाको कनकाई नहरमा डुबेर दुई बालबालिकाको ज्यान गयो


२७ श्रावण २०७९, शुक्रबार ०७:३२ मा प्रकाशित

झापा । नहरमा डुबेर झापामा दुई बालबालिकाको ज्यान गएको छ ।

शिवसताक्षी नगरपालिका–९ मा रहेको कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको बिहीबार डुबेर ज्यान गएको हो  ।

शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र त्यही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

यस क्रममा शिवसताक्षी–९ को कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको झापाका प्रहरी प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here