आज अन्तर्राष्ट्रिय युवा दिवसः विविध कार्यक्रम गरि मनाइँदै


२७ श्रावण २०७९, शुक्रबार ०७:५९ मा प्रकाशित

झापा । आज अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरि मनाइँदैछ ।

अन्तरपुस्ताको ऐक्यबद्धता: सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराका साथ युवा दिवस मनाइँदै छ।

युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दैछ ।

काठमाण्डौमा तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय २० जना युवा सहभागी हुनेछन् ।

७७ वटै जिल्लाबाट एक महिला र एक पुरुष गरी १ सय ५४ जना तथा विभिन्न समुदायका ६६ जना युवा सम्मेलनमा सहभागी हुनेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here