लोकतन्त्रको समर्थनका लागि न्यान्सी पेलोसी ताइवान भ्रमण


२६ श्रावण २०७९, बिहीबार १३:१५ मा प्रकाशित

झापा । अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताउनु भएको छ ।

उहाँले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताउनु भएको छ ।

उहाँले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताउनु भएको अन्र्ताष्ट्रिय बीबीसीले जनानएको छ ।

उहाँको भ्रमणपछि विरोध स्वरुप चीनले ताइवानको आसपासमा सैन्य अभ्यास गरेको थियो । एक हप्ता लामो सैन्य अभ्यास सकिएको चीनले घोषणा गरेको छ ।

चीनले ताइवानलाई छुट्टिएको प्रान्तका रूपमा हेर्दै आएको छ र अन्ततः आफ्नै नियन्त्रणमा आउने ठान्छ । तर, स्वशासित ताइवानले आफू चीनबाट अलग्गै रहेको बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here