परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता


२६ श्रावण २०७९, बिहीबार ०७:२८ मा प्रकाशित

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा.नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको हो ।

मन्त्री खड्का र विदेश मन्त्री वाङबीच बुधवार साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै मन्त्रीहरूले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै आपसीहितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत हुनुभएको छ ।

मन्त्री खड्का चीनका विदेश मामिला मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) चीनको भ्रमणमा जानुभएको हो ।

मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलवार राति चीन प्रस्थान गर्नुभएको थियो । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here