मौसमः देशभर सामान्य बदली, केही स्थानमा चट्याङसहित बर्षा हुने संभावना


२६ श्रावण २०७९, बिहीबार ०६:४२ मा प्रकाशित

काठमाडौं । आज देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here