बिर्तामोडको जग्गा वर्गीकरण नभए सम्म नगरपालिकाले अघिल्लो वर्षकै करको दरलाई निरन्तरता दिने


२५ श्रावण २०७९, बुधबार १८:३७ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिना भित्र वर्गिकरण गरिसक्नु पर्ने र सोही अनुसार सम्पत्ति, भूमिकर समायोजन गर्नु पर्ने भएकोले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले भूू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाहरु आगामि ५ महिना भित्र वर्गिकरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो क्षेत्रभित्र लगाउने सम्पति कर तथा भूमिकर सम्बन्धि आर्थिक ऐन २०७९ निर्माण गरि कर संकलन सुरु गरेको थियो । बढेको कर बुझाईसकेकाहरुको हकमा भने आगामी आर्थिक वर्षमा लाग्ने करमा हिसाब मिलान गर्ने प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

नगरपालिकाले करको दायरा अत्याधिक बढाएको भन्दै नेपाली कांग्रेसले केही दिन अघि नगरप्रमुख प्रसाईंलाई ज्ञापनपत्र बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here