प्रचण्ड र जापान सत्तारुढ पार्टीका नेताबीच भेटबार्ता


२४ श्रावण २०७९, मंगलवार १४:१९ मा प्रकाशित

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दलका नेतासँग भेटवार्ता गर्नु भएको छ ।

उहाँले मंगलबार जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिव तोसिहिरो निक्कइसँग भेट गर्नु भएको हो ।

भेटका क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने समझदारी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्ड पाँच दिन भ्रमण सकेर बुधबार स्वदेश फर्कने तयारीमा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here