काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज दल दर्ता गर्दैछ।
मंगलबार दिउँसो निर्वाचन आयोग पुगेर एमालेले दल दर्ताका लागि निवेदन दिन लागेको हो।
निर्वाचन आयोगले गत साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो।
दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग जाने जनाइएको छ।





