आम चुनावः असोज २३ गते उम्मेदवारी दर्ता, मतगणना मतदान सकिएकै दिनदेखि शुरु गरिने


२४ श्रावण २०७९, मंगलवार ०७:२१ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तयार गरेको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी असोज २३ गतेको समय आयोगले तोकेको हो । कार्यतालिका अनुसार मतगणना मतदान सकिएकै दिनदेखि शुरु गरिनेछ ।

आयोगले असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । असोज २८ गतेदेखि मत पत्र छपाइ शुरु गर्ने आयोगले जनाएको छ ।

असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू नियुक्त गर्ने र २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here