साहित्यकार तथा लेखक स्व.नारायण प्रसाद संग्रौलाको स्मृतिग्रन्थ लोकार्पण


२३ श्रावण २०७९, सोमबार १९:३१ मा प्रकाशित

भरत प्रसाई । साहित्यकार तथा लेखक स्व.नारायण प्रसाद संग्रौलाको स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । १९९६ साल जेठ २० गते तेह्रथुमको तत्कालिन छातेढुङ्गा गाविसमा जन्मिनु भएका लेखक संग्रौलाको स्मृति ग्रन्थमा आफ्ना सन्तानले बुबा प्रति गरिने स्मृति, जन्मभुमी ,माटोप्रतिको प्रेम र विभिन्न लय र छन्दमा फरक धारका कविता समावेश गरीएको छ ।

पुस्तकका प्रधान सम्पादक हरी नारायण भटट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर १ का प्रदेश प्रमुख परशुराम खापुङले सामाजिक अभियन्ताको रुपमा आठराई क्षेत्रलाई कर्मथलो बनाई सामाजिक र आर्थिक क्षेत्रमा स्व.संग्रौलाले खेलेको भुमिकालाई स्मरण गर्दै समाजले उहाँको व्यक्तित्व र आचरणबाट धेरै कुरा सिक्न सक्ने बताउनु भयो ।कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सविधान सभा सदस्य दिपक कार्की, पुर्व राष्ट्रिय सभा सदस्य हरीचरण शिवाकोटी साहित्यकार लिला उदासी, पुण्य प्रसाद खरेल लगायतको आतिथ्यता रहेको थियो ।

साहित्यकार खगेन्द्रा खुसी, तुलसी भट्टराई, दुर्गाप्रसाद सिग्देल लगायतले पुस्तकमा भएका विभिन्न छन्द बाचन गर्नु भएको थियो । झापाको बिर्तामोडस्थित हिमालय पार्टी प्यालेसमा लोक कल्याणका लागि लगाइएको १० दिने शिव पुराणको समापनसँगै पुस्तकको बिमोचन गरिएको हो ।

कार्यक्रममा उन्नतशिल महिला समुह बिर्तामोड ५ ले लोप हुन लागेको संगिनी नाच प्रस्तुत गरेको थियो । लोकार्पण कार्यक्रमको सञ्चालन लेखकका छोरा भरतप्रसाद संग्रौलाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here