पानीमा डुबेर एक जनाको मृत्यु


२३ श्रावण २०७९, सोमबार १६:२६ मा प्रकाशित

सुनसरी । सुनसरीको रामधुनि ३ स्थित दतकिच खोलाको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो पौने १२ बजे स्थानीय ३२ बर्षीय मग्न साहु सोहि खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबि बेहोस भएको भनि अस्थाई प्रहरी पोष्ट झुम्कामा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई साहुको उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here