महंगी र भ्रष्टाचारविरुद्ध नेकपा एमालद्धारा हस्ताक्षर अभियान सुरु


२० श्रावण २०७९, शुक्रबार १७:०२ मा प्रकाशित

काठमाडौँ । महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ ।

दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो । अभियान तीन दिन सम्म चल्ने एमालेले जनाएका छन् ।

अभियानका क्रममा सवै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् । महंगी र भ्रष्टाचारका कारण नागरिकहरुले दुख पाउनुपरेको भन्दै अभियानमा सहभागीता जनाउन एमालेले आह्वान पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here