रामेछापमा बस दुर्घटना :२ जनाको मृत्यु १३ जना घाइते


३१ जेष्ठ २०७६, शुक्रबार ०८:२८ मा प्रकाशित

रामेछाप ।  रामेछापमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

काठमाण्डाैबाट रामेछापका लागि छुटेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुरासेँ भन्ने ठाउँमा दुर्घटना भएको हो ।दुर्घटनामा परेर ज्यान गुमाउनेमा दोरम्बा गाउँपालिका-६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन् ।

दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here