काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ गते (अगस्ट ९ देखि ११) सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेका मन्त्रालयले जनाएको हो ।
दुवै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नेछन्।
मन्त्री खड्का तीनदिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ।





