प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै


२० श्रावण २०७९, शुक्रबार १२:२९ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स सिएचओडी कन्फरेन्स २०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैहुनु हुन्छ ।

शर्मा आज साँझ काठमाडौं आइपुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनु भयो ।
अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको सिएचओडीमा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थियो ।

साउन ९ देखि ११ गतेसम्म भएको उक्त कन्फरेन्समा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तरराष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here