अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उदेश्यले बजेट ल्याइएको छ : जनार्दन शर्मा


१७ श्रावण २०७९, मंगलवार १४:५५ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उदेश्यका साथ बजेट ल्याइएको बताउनुभएको छ ।

३० औं किसान सहिद दिवस तथा ६९ औं भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगाएतका योजनाहरु बजेटमार्फत ल्याइएको समेत बताउनुभयो ।

आजको राष्ट्रियता भनेको सवल र आत्म निर्भर अर्थतन्त्र भएको भन्दै उहाँले उत्पादन क्षेत्रमा लाग्न आह्वान गर्नुभयो । उहाँले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो । मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सवलिकरण गर्न सवै पक्षबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here