आज पनि भारी बर्षा हुने संभावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह


१७ श्रावण २०७९, मंगलवार ०७:३६ मा प्रकाशित

काठमाडौं । केही दिनदेखि देशभर भारी बर्षा हुँदै आएकोमा आज पनि त्यस्तै बर्षा हुने संभावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज बिहानैबाट प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here