झापा । अन्डर २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल बंगलादेशबीच खेल हुँदैछ ।
लिग चरणको अन्तिम खेल अन्तर्गत आज नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुने भएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।
नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।
साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन ।





