प्रतिनिधि सभाको बैठक बस्दै (संभावित कार्यसूचीसहित)


१७ श्रावण २०७९, मंगलवार ०९:११ मा प्रकाशित

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

मंगलबारको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “खानेपानी तथा सरसफाइ विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “शपथ सम्बन्धी विधयेक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने तथा देउवाले नै राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।

मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here