लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्दा म प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने थाहा थियो : ओली


१६ श्रावण २०७९, सोमबार १९:३१ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेट्दा आफू प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने पहिल्यै जानकारी भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा डाक्टर द्वाररिकानाथ ढुङ्गेलद्वारा लिखित पुस्तक चक्रव्युहमा जलस्रोत लोकार्पण गर्दै अध्यक्ष ओलीले आफूप्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि देशको पक्षमा आफूले उक्त कदम चालेको बताउनुभएको हो । देशको पक्षमा काम गर्दा पद छाड्नुको पीर आफूलाई नरहेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले एमसीसी सम्झौतालाई आफुले खुल्ला बहसका लागि संसदमा लगेको तर केहिले एमालेले पास गराउन अघि बढाएको आरोप लगाएतको तर्क गर्नुभयो । उहाँले राष्ट्रिय हितमा राखेर नेपालले जलश्रोतको फाइदा लिने गरि सम्झौता गर्नुपर्ने बताउनुभयो । ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने पनि बताउनुभयो ।

उहाँले सम्पूर्ण मानव शक्ति र प्राकृतिक जमिन, पानी हावा, हिमाल, पहाड, मधेसको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here