मोरङ र सुनसरीमा डेंगु संक्रमितको संख्या ५४८ पुग्यो


२९ जेष्ठ २०७६, बुधबार २०:१० मा प्रकाशित

धरानबाट सुरु भएको डेंगु संक्रमण तीन जिल्लामा पुगेको छ । सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनु भयो ।

उहाँका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९,एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।

वैशाख ३१ गते धरानमा डेंगुका बिरामी भेटिएको थियो ।सुनसरीपछि मोरङ र झापामा विरामी भेटिएका छन् । मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

मोरङको उर्लाबारी नगरपालिका,केरावारी गाउँपालिका,बेलवारी नगरपालिकामा १,१ जनामा डेंगुको संक्रमण देखिएको छ भने सुन्दरहरैँचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो ।सबै स्थानीय तहले स्फ्रेको काम सुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here