साहित्य चौतारीले वार्षिक उत्सव भव्य मनाउने


२९ जेष्ठ २०७६, बुधबार २१:०७ मा प्रकाशित

साहित्य चौतारी झापाले २० औं वार्षिक उत्सव तथा २०६ औँ भानु जयन्ती तथा कला बर्ष भव्य रुपमा मनाउने भएको छ ।

२०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु भएको साहित्य चौतारीले आगामी असार ३१ गते कार्यक्रम गर्न लागेको चौतारीका सचिव दिलिप घिमिरेले जानकारी दिनु भयो ।

साहित्य चौतारीले यस वर्ष साहित्य चौतारी सम्मानमा मुर्तीकार, भीमबहादुर पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कारमा चित्रकार, धनमाया जगन्नाथ विमली नव प्रतिभा साहित्य चौतारी पुरस्कारमा नृत्य,डिकमान विरही स्मृति साहित्य चौतारी पुरस्कारमा अभिनय,जे.वी आले स्मृति फोटोग्राफी तर्फ जिल्लाको उत्कृष्ट फोटो ग्राफरलाई सम्मान तथा पुरस्कृत गर्ने योजना बनाएको छ ।यसका लागि तीन सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको कार्यक्रम संयोजक हिम्मत नेम्वाङले जानकारी दिनु भयो ।

यसैगरी चौतारीले यस वर्ष देखि साहित्य चौतारीसँग आवद्ध साहित्य,संगीत र कलासँग सम्बन्धित एकजना विशिष्ट व्यक्तिलाई मरणोप्रान्त सम्मान गर्ने अध्यक्ष टंक विकल्पले बताउनु भयो । साहित्य चौतारीले राष्ट्रकवि घिमिरे लगायत सयौँको संख्यामा श्रष्टाहरुलाई सम्मान गरीसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here