काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थीत संसद भवन अगाडी प्रदर्शन गर्ने युवाहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडी प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागी युवाहरुले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन समिति एकपक्षिय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए ।
नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरु संसद भवनको १ नंवर गेट अगाडी पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।





