निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।
प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक रहेका गर्नु भएको छ ।
उहाँहरूले आगामी निर्वाचनमा समानुपातिक समावेश उम्मेदवार जोड दिनुभएको छ ।
स्थानीय तहको वडामा दलित महिलाको उम्मेदवारी नपरेको अवस्थामा उम्मेदवारी दिने समय सकिएको भोलिपल्ट अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायको महिलाको उम्मेदवारी आव्हान गरी निर्वाचन गर्ने व्यवस्था गर्नसमेत माग गरेका छन् ।





