राजनीतिक बन्दीहरूलाई रिहा नगरेकोप्रति नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ को आपत्ति


१६ श्रावण २०७९, सोमबार १७:३४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूवि?द्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनु भएको छ ।
जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरश लागू गरिराखेको छ ।

२ बुँदे सहमतिपछि ५ महिनासम्म चलेको ओली सरकारले यसलाई इमान्दारीताका साथ लागू गरेन । गठन भएको तेस्रो दिनमा वार्ता भई तीनबुँदे सहमति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको देउवा सरकारले पनि एक वर्षसम्म पटक पटक वार्ता गरे पनि लागू गरिराखेको छैन।’
सरकार देश र जनताको मुद्दामा प्रवेश नै नगरेको आरोप महासचिव ‘विप्लव’को आरोप रहेको छ ।

पार्टी, नेतृत्व, कार्यकर्ता र तीनबुँदे सहमतिवि?द्ध सरकार र राज्यले घटाएको घटनालाई तु?न्त रोकिएन र तीनबुँदे सहमति तदा?कताका साथ कार्यान्वयन गरिएन भने आफ्नो पार्टीले हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here