नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेसद्धारा प्रदर्शन


१६ श्रावण २०७९, सोमबार १३:३३ मा प्रकाशित

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानविनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ ।

२०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजार भन्दा बढि फर्जि मतदाताहरुले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानविनलाई प्रभावकारी बनाउनका लागि भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

आगामी निर्वाचनमा फर्जि मतदाताको नाम हटाउनुपर्ने र किर्ते काममा सहभागीलाई कारवाहीका लागि ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बद्री भट्टराईले बताउनुभयो । उहाँले नगरपालीकाभित्र सरकारी छापको दुरुपयोग गरिएको , कार्यालय सचिवको हस्ताक्षर प्रयोग भएकाले फौजदारी संहिता अनुसार कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

उहाँले आफुहरुको माग सुनुवाई नभएसम्म प्रदर्शन जारी राख्ने बताउनुभयो । यसअघि बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here