पोखरामा भारी वर्षा, एक सयभन्दा बढी डुबानमा


१६ श्रावण २०७९, सोमबार १३:३९ मा प्रकाशित

पोखरा महानगरपालिका–१३ मा भारी वर्षा भएपछि झण्डै एक सयभन्दा बढी घर डुबानमा परेको छ।

वडा नं १३ का वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझदेखि निरन्तर परेको वर्षाको कारण कमलपोखरी क्षेत्र डुबानमा परेको हो। 

ठूलो वर्षा भएपछि कमलपोखरी आसपासका क्षेत्रमा आफू रातिबाटै डोजर लिएर पानी तर्काउँदै हिँडेको बरालले जानकारी दिनु भयो।

निरन्तर बाढी आइरहेको कारण पानी तर्काउने काममा समस्या भएको उहाँले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here