संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै कर्मचारीद्धारा प्रदर्शन


१६ श्रावण २०७९, सोमबार १३:०५ मा प्रकाशित

काठमाडौँ । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरुको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरुले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका छन् ।

प्रस्तावित ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका हुन् । कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले नासु मारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाईदै, कुनै एक पदमा कार्यरत कमृचारी अधिकतम १० बर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरुवात गर्नुपरेको कर्मचारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here