खोटाङ । अविरल वर्षाका कारण पहिरो गएपछि दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङ खण्डमा सोमबार बिहानै माथिबाट पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक पुरेपछि दिक्तेलबाट काठमाडौँ तथा तराईका जिल्ला छुट्ने साना / ठूला तथा दुई पाङग्रे सवारी साधन रोकिएका छन् ।
यस्तै, हलेसीबाट दिक्तेल–भोजपुर जाने सवारी साधन पनि रोकिएको त्यहाँ रहेका पत्रकार राजकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार यो समाचार तयार पार्दासम्म सडक सुचारु गराउने प्रयास भईरहेको छैन ।
यद्यपी, सडक खुलाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाको जेसिभी जाँदै गरेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको छ ।





