गठबन्धनको सरकार देशकै लागि अभिसाप भएकाे एमाले अध्यक्ष ओलीकाे भनाई


१४ श्रावण २०७९, शनिबार १८:४३ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनाइएको संसदीय छानबिन समितिको प्रतिवेदन मान्य नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको भन्दै छानविन समितिको प्रतिवेदन मान्य नहुने बताउनुभएको हो ।

ओलीले नियोजित रुपमा नै गठबन्धन दलको बहुमत हुनेगरि आफु अनुकुलको समिति बनाइएको तर्क गर्नुभयो । बजेट निर्माण गर्दा देश मारा र अनैतिक आपराधिक काम भएको ठोकुवा गर्दै ओलीले निष्पक्ष छानबिन गर्न सरकारले नचाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार देशकै लागि अभिसाप भएकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने र देशलाई जोगाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै समयमा नै निर्वाचन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । त्यस्तै ओलीले कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाउदै एमालेको लोकप्रिय नारालाई कांग्रेसले आफु अनुकुल बनाएको धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुट्न र एमाले सरकारले गरेका राम्रा कामहरुका बारेमा जनतालाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here