मुलुकको विकासमा सहकारी र कृषि क्षेत्रसंगै हिड्नु पर्छ – कृषिमन्त्री दर्लामी


१४ श्रावण २०७९, शनिबार १८:१९ मा प्रकाशित

भरत प्रसाई  । प्रदेश नम्वर १ का कृषिमन्त्री झलकसिंह दर्लामीले मुलुकको विकासका निम्ति सहकारी र कृषि क्षेत्रसंगै हिड्नु पर्ने बताउनु भएको छ । झापाको बिर्तामोडमा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिकोत्सव कार्यक्रमलार्ई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारी संस्थाले कृषिमा लगानी गरि श्रम र पुजीको ब्यवस्थापन गर्न सके आयातलाई प्रतिस्थापन गर्न सकिने उहाँको भनाइ थियो ।

वि.सं.२०६९ साल साउन १४ गते ३७ जना सेयर सदस्यबाट स्थापना भएको सहकारी १०औं बर्षमा आइपुग्दा २५ हजार सेयर सदस्यसहित प्रदेश नम्वर १ कै कोष बृद्धि, सदस्यलाई दिने लाभांश, शिक्षासहित अन्य स्थापित तुलनाको हिसावले उत्कृष्ट पाएको राष्ट्रिय सहकारी महासघंका सञ्चालक गणेश पोखरेलले बताउनु भयो ।

कार्याक्रममा मन्त्री दर्लामीले संस्थाको लोगो र मोवाइल बैंकिङ एपको उद्घाटन गर्नु भएको थियो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थापना कालदेखि सेयर लगानी गरि संस्थाको वित्तीय कारोवार बृद्धिमा विशेष योगदान पु¥याएकोमा सक्रिय ८ जना सेयर सदस्यलाई नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।

मौद्रिक तरलताले नेपालको अर्थतन्त्र उठ्न नसकेको बेलामा सरकार अभिभावकविहीन बन्दा सहकारी अभियान माथि उठ्न नसकेको जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेले बताउनु भयो । ७३ लाख भन्दा बढी जनताको पैसा सञ्चित गर्ने सहकारीलाई वित्तीय उदारता सरकारले कहिल्यै नदेखाएको न्यौपानेले दुखेसो पोख्नु भयो ।

हाल संस्थामा २४२ जना कर्मचारी रहेका छन् भने झापा, मोरङ र इलाममा गरि ३० वटा सेवा केन्द्रबाट सहकारीले आफ्नो सेवा सञ्चालन गरिरहेको संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here