काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बालुवाटारमा भएको भेटवार्तामा दुईपक्षिय सम्बन्धमा बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । भेटमा अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्रतरता पाउने विश्सा प्रधानमन्त्रीले गर्नुभएको थियो ।
यसअघि शुक्रबार नै विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
बिहीबार साँझ नेपाल आउनुभएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएको छ ।





