काठमाडौँ । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुग्नु भएको छ। सात महिनाको अन्तरमा दुई पटक उहाँ नेपाल आइपुग्नु भएको हो।
यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको सूचनाअनुसार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यस विषयमा परराष्ट्रले औपचारिक जानकारी नगराए पनि मन्त्रालय स्रोतले शुक्रबार मध्याह्न ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ।
अमेरिकी राजदूतावासका अनुसार लु तीन सदस्यीय टोलीसहित चार्टर्ड विमानमार्फत भारत हुँदै काठमाडौं आएका हुन्। लुको नियमित भ्रमण भएको राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ।





