मंकीपक्स भाइरसको जोखिम नेपालमा पनि बढ्दै


१० श्रावण २०७९, मंगलवार १४:३८ मा प्रकाशित

काठमाडौं । एमाले सासंद योगेश भट्टराईले नेपालमा पनि मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा सरकार संवेदनशील हुनु पर्ने बताउनु भएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै भारतमा समेत मंकीपक्सका संक्रमित बढ्दै गएका वेला नेपालमा समेत जोखिम बढिसकेको हुँदा सरकारले कडाइ गर्नुपर्ने धारणा उहाँले बताउनु भयो ।

‘भारतमा यसका विरामी देखिसकेको अवस्थामा हाम्रोमा जोखिम बढिसकेको छ, सरकारले सीमामा कडाइ गर्दै प्रयाप्त सिमानामा परीक्षण बढाउनु पर्ने बताउदै बेलैमा सचेत भएन भने नेपालको अवस्था भयानक अवस्था भयावह हुने उहाँले बताउनु भयो ।

भारतमा चारजनामा विरामी देखिएको उहाँले बताउनु भयो ।यस्तै उहाँले पछिल्लो समय काठमाडौंमा हैजाका विरामी बढेका हुँदा हैजा संक्रमणको रोकथामका लागि पनि सरकारले सतर्कता अपनाउनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here