एमालेको आशंका – सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खोज्यो


१० श्रावण २०७९, मंगलवार १४:२१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खोजेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद खगराज अधिकारी भन्नु हुन्छ ‘एसपिपीमा नेपाल सहभागी नहुने भन्ने मन्त्रीपरिषदबाट निर्णय गरेको भन्ने सुनियो ।
परराष्ट्र मन्त्रालयले अध्ययन गर्दैछ रे। शान्ति सम्झौता गरेर तीनै विषयबस्तु समेटेर नेपाललाई सैन्य गठबन्धनमा लगिँदैछ । के यो संविधान विरोधी होइन?’
उहाँले नेपाल प्रहरी र सशस्त्र परिवारको बढुवामा परिवारवाद हावी भएको आरोप लगाउनु भयो । उहाँले मूल्यवृद्धिले जनतालाई जीवनयापनमा समेत धौधौ परेको बेलामा सरकार मौन रहेको टिप्पणी गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here