कोरोना संक्रमण बढ्दै गएकाले मास्क प्रयोग गर्न अग्नि सापकोटाको आग्रह


१० श्रावण २०७९, मंगलवार १४:३८ मा प्रकाशित

काठमाडौँ । सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसदका बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गर्नुभएको हो ।

साथै उहाँले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने तीन हजार भन्दा बढि संक्रमित आइशोलेशनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here