रेडक्रस राष्ट्रिय भेलामा एक समूहद्धारा विरोध प्रदर्शन


१० श्रावण २०७९, मंगलवार १३:५४ मा प्रकाशित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् ।

रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाईटीको समस्या र भावी मार्गचित्र बिषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई नीजि कम्पनी नवनाउ, अदालतको आदेश पालना गर लगाएतका प्लेकार्ड देखाउदै प्रदर्शन गरेका हुन् ।

सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना पक्ष अदालत गएको थियो । सोसाइटीका अध्यक्ष नेपालले अदालतलाई देखाउदै अर्को पक्षले सोसाइटीको काममा अवरोध सिर्जना गर्दै आएको आरोप लगाउनुभयो ।

यसअघि दुवै पक्षबीच रेडक्रस सोसाइटीको कार्यालयमा पनि पटक पटक विवाद हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here