काठमाडौँ । भारतको चेन्नाईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुन जाने नेपाली चेस टोलीलाई विदाई गरिएको छ ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले नेपाली चेस टोलीलाई विदाई गर्नुभयो । सो क्रममा मन्त्री श्रेष्ठले नेपाली टोलीलाई जीतको शुभकामना दिनुभयो ।
आगामी जुलाईको २८ तारिखमा उद्घाटन भई अगस्ट ९ मा सम्पन्न हुने ओलम्पियाडको पुरुषतर्फको टिममा नेसनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित रुपेश जयसवाल तथा क्षितिज भण्डारी एवं विवेक थिङ तथा मिलन लामा सहभागी हुनेछन् ।
त्यसैगरी महिलातर्फ नेसनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ सहभागी हुनेछन् ।





