प्रचण्ड साउन २१ गते जापान जाँदै


१० श्रावण २०७९, मंगलवार १३:२६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाँदै हुनुहुन्छ ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने हुनु भएको हो ।

प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उहाँको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

प्रचण्ड साउन २५ मा नेपाल फर्किनु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here