हजयात्रा व्यवस्थापनमा भएको खर्चको बिषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन


९ श्रावण २०७९, सोमबार १७:४४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हजयात्रा व्यवस्थापनमा भएको खर्चको बिषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगाएतको बिषयमा भएको भनिएको अनियमितामाथि अनुसन्धान गरि निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हजयात्रा व्यवस्थापनामा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलव्ध गराउन पनि आयोगलाई निर्देशन दिएको छ ।

आयोगलाई उपलव्ध गराएको बजेट अपेक्षा अनुरुप नभएपनि प्राप्त उपलव्धी जनअपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताउनुभयो । उहाँले समस्या समाधानमा उपलव्ध बजेटको व्यवस्थापन र उपलव्धीमा समितिको गम्भीर चासो रहेको उल्लेख गर्नुभयो । उहाँले आयोगको रणनीतकि कार्ययोजनाले मूर्तरुप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र हकहित अभिवृद्धिको लागि नीतिगत, कानूनी सिफारिसमा बढी केन्द्रीत भई कार्यसम्पादन गर्न गराउन पनि आयोगलाई निर्देशन दिनुभयो ।

बैठकमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रयाप्त बजेटका कारण कार्यसम्पादनमा समस्या भएको बताउनुभएको थियो । उहाँले आफू सेवा सुविधाका लागि मात्र आयोगमा नभएको भन्दै प्रभावकारी कामका लागि सरकारले स्रोत साधन युक्त बनाउनुपर्ने तर्क गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले मुस्लिम आयोगलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here