झापा मेचीनगरबाट ब्राउनसुगर सहित एक जना पक्राउ


९ श्रावण २०७९, सोमबार १७:१८ मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिका ६, पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम सन्दकपुर गाउँपालिका २ बस्ने २७ बर्षीय रविन गुरूङ रहेका छन् । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले संका लागी चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट लागुऔषध ३ ग्राम ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो ।

ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here